Logo

पाण्डेले भने–समग्रमा मौद्रिक नीति स्वागतयोग्य



काठमाडौं, २९ साउन । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा सिटिजन्स बैंक ईन्टरनेश्नलका निर्देशक प्रवलजंग पाण्डेले नेपाल राष्ट्र बैंकले आज ल्याएको मौद्रिक नीतिको स्वागत गरेका छन् । उनले समग्रमा मौद्रिक नीति सकारात्मक रहेको भन्दै स्वागत गरेका हुन् ।

कोरोनाबाट असर परेको उद्योग व्यवसायलाई प्रवद्र्धन गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज अपरान्ह सार्वजनिक गरेको हो । मौद्रिक नीति सार्वजनिक भएसँगै सामाजिक सञ्जालमार्फत अध्यक्ष पाण्डेले यसको स्वागत गरेका हुन् ।

केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज मौद्रिक नीति सार्वजनिक गर्दै कोरोनाको असर न्यून गर्न यसअघि नै ल्याइएको पुनरुत्थान कर्जालाई निरन्तरता दिइएको जानकारी दिए । नीतिमा कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको होटल, पर्यटन तथा हवाई क्षेत्रलाई विशेष चासोका साथ सम्बोधन गरिएको छ । कोरोनाका कारण नगद प्रवाहमा समस्या भएका क्षेत्रलाई समेत मौद्रिक नीतिले विशेष चासो दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot