काठमाडौं, ३० साउन । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । आज र भोलि दुई दिन चल्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेश गर्ने र सोहीअनुसार नयाँ कार्यदिशा तय गर्ने बताईएको छ ।
केन्द्रीय कमिटी बैठक सुरु हुनुभन्दा अघि स्थायी कमिटी बैठक बसेको थियो । बैठकमा अध्यक्ष दाहालले राजनीतिक र सांगठानिक प्रतिवेदन पेश गरिसकेका छन् । सो प्रस्तावमाथि आज र भोलि छलफल हुने एक नेताले जनाए । File Photo/ReportersNepal