एजेन्सी, ३० साउन । ट्वीटरले भारतीय कांग्रेस आईका नेता राहुल गान्धीको खाता पुनः सञ्चालनमा ल्याएको छ । एक साता प्रतिबन्ध लगाइएको खातालाई ट्वीटरले पुनः शनिबार देखि सञ्चालन गरेको हो ।
ट्वीटरको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम हिन्दूस्तान टाइम्सले लेखेको छ,‘ दिल्लीमा कथित बलात्कार र हत्याको शिकार एक वर्षिया बालिको परिवारको तस्विर उनले पोस्ट गरेका थिए । यो कम्पनीको नियम विपरित हो । त्यसकारण हामीले कांग्रेस आईका नेता राहुल गान्धीको खातामा प्रतिबन्ध लगाएका थियौँ । एक सातापछि उनको खाता पुनः सुचारु गरिएको छ ।’
खाता पुनः सञ्चालन गरिदिन गान्धीले आफ्नो तर्फबाट त्यस्ता प्रकारका तस्विर राख्न अनुमति पाएको अनुमति पत्र ट्वीटरलाई बुझाएका थिए । उनको सो पत्रलाई अध्ययन गरी ट्वीटरले खाता सञ्चालन गरेको हो । गान्धीको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम हिन्दूस्तान टाइम्सले लेखेको छ,‘मेरो खातामा १९ देखि २० मिलियन फलोअर छ । मेरो खाता बन्ध भएको कारण उनीहरुलाई आफ्नो राय राख्ने अधिकारबाट बञ्चित गरिएको छ ।’-Photo: Agency