Logo

हामीहरु नभएको भए शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्थेन : बलबहादुर केसी (भिडिओसहित)



काठमाडौं, ३० साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री बलबहादुर केसीले पार्टीको १४औं महाधिवेशन समयमै हुने र सरकार विस्तार पनि छिट्टै हुने स्पष्ट पारेका छन् । उनले अहिले तय भएको महाधिवेशनको मितिमा तलमाथि भपनि महाधिवेशन भने कुनैपनि हालतमा नरोकिने जिकिर गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सहमतिकै आधारमा अहिलेको विवाद समाधान हुने स्पष्ट पारे । उनले भदौ १६ गतेदेखि १९ गतेसम्म महाधिवेशन गर्न नसकिए पार्टीमा संवैधानिक संकट आउँछ कि भन्ने चिन्ता रहेको सुनाए । संवैधानिक संकट नआए एउटा निर्णय गरिने नभए सहमतिकै आधारमा अघि बढ्ने उनको भनाई छ । उनले खुमबहादुर खड्का, आफू, चिरञ्जिबी वाग्ले नभएको भए शेरबहादुर देउवा प्रधानमन्त्री हुने थिएन भन्ने भनाई राखे । उनले आफूले २०३५ सालदेखि नै संगत गरेको सुनाए । उनले आफूहरु किसुनजीको कार्यकर्ता भएको सुनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot