Logo

२० हजार अफगानिलाई शरण दिने क्यानडाको घोषणा



एजेन्सी, ३० साउन । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अफगानिस्तानका २० हजार नागरिकलाई शरण दिने घोषणा गरेका छन् । अफगानस्तानमा केही समयदेखी तालिवानीले श्रृङखलाबद्ध रुपमा आक्रमण गरिरहेको कारण प्रधानमन्त्री ट्रुडोले ट्वीटरमार्फत यस्तो घोषणा गरेका हुन्।

अहीलेसम्म तालीवानले अफगानिस्ताका १८ प्रान्त कब्जा गरीसकेको समाचार छ । तालीवानले एकपछी अर्को प्रान्त कब्जा गर्न थालेपछी अफगानी नागरिक देश छोड्न बाध्य भइरहेका छन् ।
यही सिलसिलामा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुुडोले अफगानी नागरिक शारिरीक तथा मानसीक तनाबमा रहेको हुँदा आफु नेतृत्वको सरकारले उनीहरुलाई शरण दिएर पुनः स्थापीत गर्ने घोषणा गरेका हुन ।-Photo: Agency

 



प्रतिक्रिया दिनुहोस्

Screenshot