Logo

९ चिनियाँ नागरिक मारिएको बिष्फोटमा भारतको खुफिया एजेन्सीको भूमिका रहेको पाकिस्तानको आरोप



एजेन्सी, ३० साउन । पाकिस्तानले चिनियाँ नागरिक मारिएको दाजु बस बिष्फोटमा भारत र अफगानिस्तानको खुफिया एजेन्सीको भूमिका रहेको आरोप लगाएको छ । घटनामा भारतको खुफिया एजेन्सी रअ र अफगानिस्तानको खुफिया एजेन्सी एनडीएसको भूमिका रहेको अनुसन्धानबाट पत्ता लागेको पाकिस्तानको दाबी छ ।

पाकिस्तानका विदेशमन्त्री साह मेहमुद कुरेसीले बिहिबार भारत र अफगानिस्तानमाथि आतंकवादी हमलामा संलग्न रहेको आरोप लगाएका हुन् । उनले घटनामा प्रत्यक्ष रुपमा पाकिस्तानी तालिवान संलग्न रहेको र उनीहरुलाई भारत र अफगानिस्तानको खुफिया एजेन्सीले सहयोग गर्दै आएको आरोप लगाए ।

बसमा आत्मघाती हमला भएको कुसेसीले बताएका छन् । उत्तरी पाकिस्तानमा भएको घटनामा ९ चिनियाँ नागरिक मारिएका थिए । यो घटनाप्रति चीनले निकै चासो देखाएको थियो । अनुसन्धानप्रति चीनले पाकिस्तानलाई धन्यवाद दिदै यसप्रति निकै ध्यान दिने जनाएको छ ।

१४ जुलाईमा पाकिस्तानको खेबर पाकटुन्ख्वा प्रान्तमा भएको सटल बस बिष्फोटको घटनामा चिनियाँ नागरिक दासु जलविद्युत आयोजनातर्फ जाँदै थिए ।

घटनामा अफगानिस्तानको भूमि प्रयोग गरी आक्रमण गरिएको पाकिस्तानी विदेशमन्त्री कुरेसीले बिहिबारको पत्रकार सम्मेलनमा बताएका थिए । घटनामा १४ जना संलग्न रहेको र यसको नेतृत्व तेरिक ई तालिवान पाकिस्तानका तारिक भन्नेले नेतृत्व गरेको उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot