Logo

ओलीको कारण पार्टीमा समस्या आएको र असहज बाटो रोज्नुपरेको माधव नेपालको स्पष्टोक्ति



काठमाडौं, ३० साउन । नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफूहरु पार्टी एकताको लागि गम्भीर भएर लाग्दापनि अध्यक्ष केपी शर्मा ओलीले आफ्नो गलत प्रवृत्ति नत्यागेको टिप्पणी गरेका छन् ।

आज (शनिबार) काठमाडौंमा आयोजित ‘कम्युनिष्ट आन्दोलनमा अवसरवाद’ गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरु कुनैपनि हालतमा अध्यक्ष ओलीसँग नझुक्ने बताए । बरु, संघर्षका कार्यक्रमलाई निरन्तर अघि बढाईने उनको भनाई थियो ।

नेता नेपालले अध्यक्ष ओलीमा ईगो, र म भन्दा जान्ने कोही छैन भन्ने विचार रहेको भन्दै यस्तो प्रवृत्तिले पार्टीमा समस्या उत्पन्न भएको टिप्पणी गरे । उनले आफूहरु वामदेव गौतमजस्तो अपमान सहेर नबस्ने पनि स्पष्ट पारे ।

नेता नेपालले देशव्यापी रुपमा आ पार्टीको समानान्तर गतिविधि अघि बढाउने पनि उद्घोष गरेका छन् । अध्यक्ष ओलीसँग मिल्न नसकिने निश्कर्षमा नेता नेपाल पुगेको उनीनिकट एक नेताले जनाए । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot