Logo

अबको चुनावपछि ‘नम्बर एक शक्ति बन्ने’ मा प्रचण्ड किन ढुक्क



काठमाडौं, ३० साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब आफ्नो दल मुख्य शक्ति बन्ने सुनाए । आगामी चुनावपछि माओवादी पहिलो शक्ति बन्ने भन्दै उनले ढुक्क साथ पार्टी संगठनमा लाग्न निर्देशन दिए ।

प्रचण्ड बैठकमा निकै उत्साही देखिन्थे । उनले जतिसुकै कठिनाई आएपनि पार गर्दै माओवादी शक्तिशाली बन्दै गइरहेको सुनाए । माओवादीले नै अहिलेको राजनीतिक पहलकदमी लिएको उनको भनाई थियो ।

अहिलेको गणतन्त्र, धर्मनीरपेक्ष र संघीयता माओवादीकै कारणले आएको सुनाउँदै उनले देश माओवादीकै एजेन्डामा चलिरहेको तर्क गरे । यसकारण पनि माओवादी बलियो शक्ति रहेको बताए ।

प्रचण्डले आगामी आमनिर्वाचनपछि आफूहरु मुख्य शक्ति बन्ने सुनाए । उनले त्यसका लागि सांगठनिक पकड बलियो बनाउनुपर्नेमा जोड दिए । उनले कसरी चुनावपछि पहिलो नम्बरको दल बन्ने सबै रणनीति खुलाएनन् ।

पछिल्लो समय माओवादीसहित नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव र डा.बाबुराम भट्टराईलगायत शक्तिबीच गठबन्धन वा एउटै पार्टी बनाएर जाने पहल भइरहँदा प्रचण्डको भनाई आएको हो । समाजवादी धारका शक्तिहरु एक भएर आगामी चुनावमा जाने गरी प्रचण्डले पहलकदमी गरिरहेका छन् । त्यसैले उनी अबको चुनावमा नम्बर एक शक्ति हुनेमा ढुक्क छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot