Logo

दिपक खड्का र विनोद चौधरीको संयोजनमा कांग्रेस जिल्ला सभापतिहरुको समिट होटलमा भेला



काठमाडौं, ३० साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता दिपक खड्का र सांसद विनो चौधरीको संयोजनमा अहिले जिल्ला सभापतिहरुको भेला सुरु भएको छ ।
समिट होटलमा सुरु भएको भेलामा पार्टीको १४औं महाधिवेशन समयमै सम्पन्न गर्नेबारे छलफल हुने बुझिएको छ ।

तोकिएकै मितिमा महाधिवेशन नहुने चर्चा चलिरहेको बेला महाधिवेशन कसरी सम्पन्न गर्न सकिन्छ भनेर एउटा रोडम्याप दिनेगरि आजको जिल्ला सभापतिहरुको भेला भएको बुझिएको छ ।

खड्काले सुरुदेखि नै महाधिवेशन तोकिएकै मितिमा सुरु गरेर कार्तिक/मंसिरसम्म सम्पन्न गर्नुपर्ने विकल्प अघि सारेका थिए । अहिले कांग्रेसमा खड्काकै लाईनमा बहस सुरु भएको छ ।

उमेश श्रेष्ठलाई फुलमन्त्री दिनुपर्ने हो, नेपालमा उहाँभन्दा योग्य मान्छे मलाई देखाउनुहोस त ? : दीपक खड्का (भिडिओसहित)



प्रतिक्रिया दिनुहोस्