Logo

कालीप्रसाद बास्कोटाको ‘चञ्चले यो मन’ सार्वजनिक



काठमाडौँ, ३० साउन । गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाको संगीत एवम एरेन्ज रहेको “चञ्चले यो मन” गीतको भिडियो सार्वजनिक भएको छ । नव–गायिका मनिषा बजगाईको स्वरमा रहेको यस गितमा सन्तोस पन्त र गायिका मनिषाको अभिनय रहेको छ ।

धन योञ्जन लामाको सिनेमेटोग्राफी तथा माधव बेलबासेको सम्पादन रहेको भिडियोलाई मोहनराज अधिकारीले निर्देशन गरेका हुन् । गीतलाई ओएसआर डिजिटलको युट्युबमार्फत विहीबार सार्वजनिक गरिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्