Logo

माधव नेपालल नै गरे एमाले विभाजन हुने संकेत, आउँदो हप्ता टुंगो लाग्नसक्ने



काठमाडौं, ३० साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विभाजन हुने संकेत गरेका छन् । आज राजधानीमा बोल्दै नेता नेपालले लुरुक्क परेर ओलीको टाङमुनी नछिर्ने बरु क्रान्तिकारी ढंगले बढ्ने भन्दै विभाजनको संकेत गरेका हुन् । उनले एकता र विभाजनको दोबाटोमा पार्टी पुगेकाले त्यसको चाँडै टुंगो लाग्ने समेत बताए ।

आज आफू पक्षधर बागमती प्रदेश सम्पर्क समितिको शपथ ग्रहरण कार्यक्रममा नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली एकताको बाधक रहेको आरोप लगाए । उनले भने, ओलीले एकलौटी गरिरहेकाले पार्टी एकताको आधार कमजोर हुँदै गएको छ ।

ओलीले पार्टीको विधान संशोधन गरेर एकलौटी गर्न खोजेको आरोप लगाए । ओलीको कदमहरुले धेरैको भ्रम चिरिएको सुनाए । ओली एकता विरोधी भएको आरोप लगाउँदै उनको पछिल्लो कदमले आशा गरेकाहरुलाई समेत निराश बनाइसकेको सुनाए ।

ओलीको आलोचनामा अधिकांश समय खर्चिएका नेपालले ओलीको नियत ठिक नभएको टिप्पणी गरे । आफूहरुले पटक पटक सम्झाउन खोज्दा उल्टै घेराबन्दीमा पारेको आरोप लगाएको स्मरण गरे ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्