Logo

प्रचण्डको प्रतिवेदनमा चुनावसम्मै गठबन्धन



काठमाडौं, ३० साउन । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धनलाई चुनावसम्मै कायम राख्नुपर्ने प्रस्ताव राखेका छन् । उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा आउँदो आमनिर्वाचनसम्म गठबन्धनलाई कायम राख्ने प्रस्ताव छ ।

पार्टीको नीतिमै गठबन्धन कायम राख्नुपर्ने प्रस्तावमा गठबन्धनको औचित्यबारे व्याख्या समेत गरिएको छ । प्रतिवेदनमा कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने देखि गणतन्त्र र संघीयताको रक्षाका लागि गठबन्धनलाई अझ मजबुत बनाउँदै चुनावसम्मै लानुपर्ने भनिएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचना गरिएको प्रतिवेदनमा एमालेसँगको एकता गर्ने कदमको बचाऊ गरिएको छ । तर, ओलीका कारण नेकपा विघटन भएको भनिएको छ ।

प्रचण्डको प्रतिवेदनमा ओली प्रवृत्ति खतरनाक भएको भनिएको छ । प्रतिवेदनमा ओली प्रवृत्तिलाई पराजित गरिएको र राजनीतिक परिवर्तनका विरोधी पक्षधरहरु षड्यन्त्रमा लागेकाले पक्षधर शक्तिहरुको गठबन्धन अझ मजबुत हुनुपर्ने भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्