Logo

‘एकताका ढोका बन्द भए पार्टी पुनर्गठन’



काठमाडौं, साउन ३१ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताका लागि आफूले अझै पर्खिरहेको बताएका छन्। वाग्मती प्रदेशका नेता कार्यकर्तालाई शनिबार सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन्।

उनले पार्टीमा एकताका लागि अझै पनि कोसिस गर्ने स्पष्ट पारे। उनले एकताका लागि सबै ढोका बन्द भए पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट पछि हट्न नसकिने पनि बताए। वरिष्ठ नेता नेपालले निर्णय प्रक्रिया र नेतृत्व प्रणाली सहमतिका आधारमा चल्ने स्थिति हुन्छ भने पार्टी एकताका लागि आफूहरू तयार रहेको बताए। ‘एकता हाम्रो चाहना हो, इच्छा हो।

हाम्रो इच्छा र चाहना विभाजन होइन तर एकताका लागि सबै ढोका बन्द भए भने, सम्भावना रहेन भने त्यस्तो अवस्थामा पार्टी पुनर्गठन गर्ने जिम्मेवारीबाट हामी पछि हटनु हुँदैन तर त्यो अन्तिम उपायमात्रै हुनेछ। अझै पनि कोसिस गरौं, अझै पनि केपीलाई सुधार्ने कोसिस गरौं। केपीले गरेको गलत निर्णय फिर्ता लिने काम हुन्छ भने, निर्णय प्रक्रिया र नेतृत्व प्रणाली सहमतिको आधार चल्ने स्थिति हुन्छ भने हामी एकताका लागि अन्तिम पर्खाइमा रहेका छौं,’ नेपालको भनाई रहेको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot