Logo

ठूलो शक्ति बन्ने दाहालको दाबी



काठमाडौं, साउन ३१ । तीनवटा प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाएको नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनपछि मुलुकको प्रमुख शक्ति बन्ने घोषणा गरेको छ। केन्द्रीय कमिटीको शनिबार सुरु भएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनमा यस्तो दाबी गरिएको छ। ‘आगामी निर्वाचनसम्म पुग्दा माओवादी देशको प्रमुख शक्ति बन्ने सम्भावना छ’, दाहालको प्रतिवेदनमा उल्लेख छ।

बैठकमा समसामयिक परिस्थितिबारे संक्षिप्त रिपोर्टिङ गर्ने क्रममा दाहालले माओवादीको बलियो सांगठनिक संरचना नै मुलुकको प्रमुख शक्ति बन्ने आधार भएको तर्क गरेका थिए। उनले अहिले तीनवटा प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बनेको विषयलाई पनि आगामी निर्वाचनपछि प्रमुख शक्ति बन्ने आधारका रूपमा व्याख्या गरेका छन्। प्रतिवेदनमा दाहालले पार्टीको राजनीतिक वैचारिक धार परिवर्तन गर्नेसमेत उल्लेख गरेका छन्। वर्तमान गठबन्धनलाई बलियो बनाउँदै आगामी निर्वाचनसम्म राजनीतिक वैचारिक धार बलियो बनाउने प्रतिवेदनमा उल्लेख छ।

उनले मुलुकमा अझै प्रतिगमनको खतरा टरिनसकेको समेत औंल्याएका छन्। स्तान्तरण गर्न बाँकी रहेको उनले बताएका छन्। ‘बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भयो, सात प्रदेश र प्रवास गरी आठ प्रदेशका केन्द्रीय सदस्यहरूबीच समूहगत रूपमा छलफल गरी सुझाव दिने कार्यक्रम छ’, केन्द्रीय सदस्य शिवबहादुर बस्नेतले भने। उनका अनुसार अध्यक्ष दाहालले अहिलेको राजनीतिक परिस्थिति र सरकार सञ्चालनबारे धारणा राख्दै प्रतिवेदन पेस गरेका छन्।

प्रतिवेदनमा माओवादी नेतृत्वले मुलुकको राजनीतिक पहलकदमी आफ्नो हातमा लिएको दाबी पनि गरिएको छ। अब उसले यसलाई संगठनात्मक शक्तिका रूपमा रूपान्तरण गर्ने सोच बनाएको छ। ‘माओवादी कमजोर हुँदा परिवर्तनका मुद्दा उल्टिने र देश नै दुर्घटनामा पर्न सक्छ। त्यसैले अब परिवर्तनको रक्षा गर्ने, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने पहल माओवादीले लिनुपर्छ,’ दाहाललाई उद्धृत गर्दै बस्नेतले भने। दाहालले प्रतिनिधिसभा विघटनविरुद्ध माओवादी केन्द्रले नै लडेको भन्दै गठबन्धन निर्माण गरेर केपी ओलीलाई घोडाबाट झार्ने काम पनि आफ्नो पार्टीले नै गरेको दाबी गरेका छन्। आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले खवर लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot