काठमाडौं, ३१ साउन । नेकपा एमालेका नेता गोकुल प्रसाद बाँस्कोटाले धर्म संस्कृतिको विषय उठाउँदै प्रचण्ड र माधवकुमार नेपाललाई व्यङ्ग्य गरेका छन् । उनले भैंसी पूजा र होली वाइनको आयोजना उल्लेख गर्दै व्यङ्ग्य गरेका हुन् ।
बाँस्कोटाले व्यक्ति र धर्म संस्कृति जोडिएको तर्क गर्दै ट्वीटरमा लेखेका छन्, ‘व्यक्ति र धर्म संस्कृतिक जोडिएकै छ । थिएन भने भैंसी पूजा र होली वाईन समारोह किन आयोजना गरिए ?’
उनले जलारी र राम मन्दिरको विरोधबारे समेत प्रश्न उठाएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भैंसी पूजा गरेको र एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल होली वाइनमा सहभागी भएको विषय चर्चामा आएको थियो ।
बाँस्कोटाले युरोप अमेरिकामा चर्च र राज्य मात्र छुट्याइएको उल्लेख गरेका छन् ।
बाँस्कोटाले ट्वीटरमा लेखेका छन्ः ब्यक्ति र घर्म संस्कृति जोडिएकैछ।थिएन भने भैसी पुजा र होली वाईन समारोह किन आयोजना गरिए?जलारी र राम मन्दिरको विरोध चै किन?युरोप अमेरिकामा चर्च र राज्य मात्र छुट्याईएको हो।छुवाछुत ब्यक्तिमा रहेको गलत मनोवैज्ञानिक समस्या हो,हिन्दु संस्कृतिको अंग होईन।लुकेर चिना हेराउनी,फुटानी लाउने।