काठमाडौं, साउन ३१ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आजपनि जारी रहेको छ । शनिबारदेखि सुरु भएको दुई दिने स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी रहेको छ । आजको बैठकमा नेताहरुको कार्यविभाजन लगायतका विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।
शनिबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि समूहगत रुपमा आज छलफल भईरहेको जनाईएको छ ।
माओवादीले आगामी पुस ११ देखि राष्ट्रिय सम्मेलन आयोजना गर्ने अध्यक्ष प्रचण्डको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै आगामी निर्वाचनसम्म नै वर्तमान ५ दलीय गठबन्धन कायम राख्नुपर्ने आवश्यक्ता पनि प्रचण्डको प्रतिवेदनमा समेटिएको छ । आजको स्थायी समिति लगत्तै केन्द्रीय कमिटी बैठक बस्नेछ ।