Logo

मिर्मिरे लघुवित्तको संचालक समितिको बैठकले गर्यो २० प्रतिशत बोनश शेयर प्रस्ताव



काठमाडौं, ३१ साउन । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले शनिबार (हिजो) बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष ०७७/७८ को सञ्चित मुनाफाबाट २० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

४३ करोड ५० लाख ७१ हजार रुपैयाँ चुक्तापुँजीको आधारमा संस्थाले उक्त बोनश शेयर वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले आर्थिक वर्ष ०७६/७७ र ०७७/७८ मा मर्जर तथा प्राप्ति कार्य सम्पन्न गरेकाले बोनश शेयर वितरणमा कर नलाग्ने भएकाले नगद लाभांश भने प्रस्ताव नगरेको जनाईएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot