Logo

स्पेनिस ला-लिगा फुटबलमा रियल मड्रिडको शानदार सुरुवात, डिपोर्टिभो ४-१ ले स्तब्ध



काठमाडौं, ३१ साउन । स्पेनिस ला-लिगा फुटबलमा रियल मड्रिडले विजयी सुरुवात गरेको छ । शनिबार रातिबाट सुरुभएको लिगको पहिलो खेलमा रियलले डिपोर्टिभो अलाभेसलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफमा गोलरहित बराबरीमा रोकीएको खेलमा ४८ औँ मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । साथै ५६ औँ मिनेटमा नाचोले दोस्रो गोल गरे भने ६२ औँ मिनेटमा बेन्जिमाले अर्को गोल थपेका थिए ।

खेलको ६५ औँ मिनेटमा जोसेलुले गोल गर्दै डिपोर्टिभोलाई ३(१ को अवस्थामा ल्याएका थिए । तर, खेलको इन्जुरी समयमा जुनियरले गोल गर्दै रियललाई ४(१ को शानदार जित निकालेका थिए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot