Logo

वर्षमान पुनको खुलासा : माधव नेपालजीले आँट नगरेको भए अहिले प्रतिगमन सच्याउन सकिँदैन थियो (भिडिओसहित)



काठमाडौं, ३१ साउन । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री वर्षमान पुनले आगामी चुनावसम्म कांग्रेससँग गठबन्धन कायम रहने स्पष्ट पारेका छन् । उनले अहिलेको गठबन्धन लामो समयसम्म जाने भन्दै सोहीअनुसा आफूहरुले तयारी गरेको पनि जनाए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आजको अवस्थामा केपी ओलीको प्रवृत्ति, सोच र विचार देशको हितमा नरहेको जिकिर गरे । उनले भने,‘अहिले ओली प्रवृत्तिलाई कमजोर बनाएरमात्रै देशमा राजनीतिक स्थायित्व कायम गर्न सकिन्छ । अहिले हामी कांग्रेस र जसपासँग सहयात्रा गरिरहेका छौं । एमालेका साथीहरु, माधवजीहरु हुनुहुन्छ । माधवजी त हाम्रो सहयात्री हो । लोकतन्त्र बचाउने कुरामा माधव नेपाल त सहयात्री हो नि ।’

उनले माधव नेपालकै कारण शेरबहादुर देउवा प्रधानमन्त्री बनेको पनि स्पष्ट पारे । उनले आफ्नो पार्टीको अध्यक्ष पुष्पकमल दाहालले माधव नेपालले साथ दिँदासम्म मात्रै प्रधानमन्त्री देउवा सुरक्षित रहेको र साथ नदिँदा सरकार अल्पमतमा पर्ने खतरा औंल्याएको पनि सुनाए । उनले माधव नेपालले आँट नगरेको भए अहिले प्रतिगमन सच्याउन सकिँदैन थियो भन्ने आम बुझाई रहेको र त्यसमा सत्यता पनि रहेको स्विकारेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot