Logo

गायक प्रदिप लामाको ‘खै त तिम्रो बुट्टे सारी’ सार्वजनिक



काठमाडौँ, ३१ साउन । गायक प्रदिप लामाको ‘खै त तिम्रो बुट्टे सारी’ बजारमा आएको छ । भिमफेदी गाइज र मोडल एंव नायिका सुमि मोक्तान अभिनित उक्त म्युजिक भिडियो ‘प्रदिप लामा अफिसियल’ बाट सार्वजानिक गरिएको हो ।

बौद्धस्थित एक पत्रकार सम्मेलन गरी बिमोचन गरिएको उक्त गीतलाई हस्त लामा हार्दिकले शब्द र संगीत, दिपेश प्रधानले मिक्सिङ गरेका हुन भने जोगलाल लामाले एरेन्ज गरेका हुन ।

सुर्य लामाले ड्रोन, सम्पादन र छायांकन गरेको भिडियोलाई निर्मल कुमार लामा(बिजी)ले निर्देशन गरेका हुन ।

भिडियो हेरौ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot