काठमाडौं, ३१ साउन । पछिल्लो डेढ वर्षदेखि विश्व कोरोना भाइरसको चपेटामा गुज्रिदै आएको छ । दैनिक हजारौ मानिसहरुले संक्रमणबाट ज्यान गुमाइरहेका छन् । यसबाट नेपाल पनि अछुतो हुन सकेको छैन् । हालसम्म १० हजार २ सय ९३ जनाको निधन भईसकेको छ ।
विश्वभर २० करोड ७५ लाख ४६ हजार ९ सय ३५ कोरोना संक्रमितको संख्या रहेको छ । यसैगरी, संसारभर ४३ लाख ६७ हजार ४३१ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन् भने कुल संक्रमित मध्ये १८ करोड ६० लाख ४४ हजार ४ सय ३ निको भएको छन् । त्यस्तै, १ करोड ७१ लाख ३५ हजार १०१ जना संक्रमितको उपचार भैरहेको वल्डोमिटरले जनाएको छ । संसारभर १ लाख ६ हजार ५ सय १५ जनाको गम्भिर अवस्थामा उपचार भैहरको छ ।
पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसका २ हजार ६ सय २४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ३० हजार ४ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।