Logo

सेयर बजारमा मौद्रिक नीतिको नकारात्मक असर, कारोबार रकममा नयाँ रेकर्ड



काठमाडौं, ३१ साउन । शुक्रबार जारी भएको मौद्रिक नीतिको प्रभाव आजको सेयर बजारमा देखिएको छ । साताको पहिलो दिन आज सेयर बजार २४.५७ अंकले घटेको छ । तर, कारोबार रकमले भने नयाँ रेकर्ड बनाएको छ । आज २१ अर्ब ६४ करोड ७६ लाखको कारोवार हुँदै नयाँ रेकर्ड कायम भएको हो ।

शुक्रबार गभर्नर महाप्रसाद अधिकारिले चाल् आर्थिक वर्ष २०७८-०७९ को मौद्रिक नीति सार्वजनिक गरेका थिए । मौद्रिक नीतिमा सेयर धितोमा राखेर एक व्यक्तिले १२ करोड रुपैयाँ मात्र लिनसक्ने र एक बैंकबाट ४ करोड मात्रै लिन पाइने व्यवस्था गरिएको थियो । त्यसैको नकारात्मक प्रभाव आजको बजारमा देखिएको हो ।

आज नेप्से परिसूचक २४.८८ अंकले घटेर ३१५४.३४ को विन्दुमा झरेको छ । यसअघि गत जेठ ३० गते १९ अर्ब ५५ करोडको कारोबार भएको थियो । कारोबार भएका १३ उप–समूहमा ३ वटा उप–समूहको सेयर बढेको छ । बाँकी १० वटा उपसमूहको सेयर घटेको छ । आज ३ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । युनियन लाइफ इन्स्योरेन्स, खानीखोला हाइड्रोपावर र जीवन विकास लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको हो ।-File photo



प्रतिक्रिया दिनुहोस्