काठमाडौं, ३१ साउन । यात्रुलाई हातले टिकट काटेर बिक्रि गर्दै आएको नयाँ बसपार्कले अबदेखि कम्प्युटर प्रणालीको माध्यमबाट टिकट काट्न सुरु गरेको छ । काठमाडौं महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच ‘सार्वजनिक–निजी साझेदारी’ अन्तर्गत भएको सम्झौतापछि कम्प्युटर जडान गरी टिकट काउन्टरले काट्न शुरु गरेको हो ।
बैशाख १६ गतेबाट काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको कारण बन्द भएको काउन्टर दोस्रो भेरियन्टको लहरपछि कम्प्पुटर प्रणाली र प्रविधिको प्रयोग गरी संचालनमा ल्याएको हो ।
काउन्टरमा बस्ने कर्मचारीले अब अनिवार्य रुपमा पोशाक र परिचय पत्र लगाउनुपर्ने भएको छ । नयाँ प्रविधिको प्रयोग गर्दै टिकट काउन्टरलाई ‘डिजिटल प्रणाली’मा जोडिएपछि अब कुन कम्पनीको कति नम्बरको गाडी कुन समयमा कुन गन्तव्यस्थानमा कति यात्रु लिएर जान्छ भन्ने कुरा स्पष्ट थाहा पाउन सकिन्छ ।