Logo

ला–लिगामा बार्सिलोनाको सुरुवाती जित



काठमाडौं, ३२ साउन । स्पेनिस ला–लिगा फुटबलमा बार्सिलोनाले सुरुवाती जित निकाल्न सफल भएको छ । आइतबार राती भएको खेलमा बार्सीलोनाले रियल सोसीडाडलाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा पिकेले १९ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

साथै, पहिलो हाफको इन्जुरी समयमा र ५९औं मिनेटमा ब्रेथवेटले गोल गर्दै बार्सिलोनालाई ३–० को स्थानमा पुर्याएका थिए । खेलको ८२ औं मिनेटमा जुलेनले गोल गर्दै सोसीडाडलाई ३–१ को स्थितिमा ल्याए । ८५ औं मिनेटमा मिकेलले गोल गर्दै सोसीडाडलाई ३–२ को अवस्थामा पुर्याउदै केही आशा दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा रोबर्टोले गोल गर्दै बार्सिलोनालाई ४–२ को शानदार जित दिलाए । जितसँगै बार्सिलोनाले ३ अंक जोडेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot