Logo

अफगानी राष्ट्रपति घानीले भने- ‘अफगानिस्तान अब तालिवानको हातमा छ’



एजेन्सी, ३२ साउन । अफगानी राष्ट्रपति अस्रफ घानीले अफगानिस्तानमा तालिवान समुहले जितेको स्वीकार गरेका छन् । उनले रक्तपात रोक्नका लागि आफूले देश छोड्नुपरेको समेत जिकिर गरेका छन् ।  घानीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अफगानी जनताको समन, सम्पत्ति र आत्मसंरक्षणको जिम्मा अब तालिवानसँग रहेको उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘तारबार र बन्दुकको बलबाट तालिवानले जितेको छ । अब मुलुकको प्रतिष्ठा र जनताको जीवन उनीहरुको हातमा छ ।’ यस्तै उनले भनेका छन्, ‘राजधानी छोड्नु मेरो लागि कठिन निर्णय थियो । आइतबार म निकै सकसमा परेको थिएँ । तालिवानका लडाकु राष्ट्रपति भवनमा पस्न उद्यत थिए । म उनीहरुको प्रतिकार गरौं वा मेरो प्यारो मुलुक, जसका लागि मैले आफ्नो जीवन २० वर्षदेखि सुम्पेको छु, त्यसलाई नै त्यागौं । अन्ततः मैले रगतको भेल निम्त्याउन चाहिनँ ।’-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot