काठमाडौं, ३२ साउन । राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले पूर्व राजा ज्ञानेन्द्र शाहको २०६३ सालमा गरेको निर्णयलाई दुरदर्शीको संज्ञा दिएका छन् । अफगानिस्तानमा तालिवानी विद्रोहीले सत्ता कब्जा गर्न लाग्दा अफगानिस्तानका राष्ट्रपति गनीले देश छोडेर भागेको घट्ना उल्लेख गर्दै उनले पूर्वराजा ज्ञानेन्द्रप्रति आफ्नो सम्मान अझै बढेको बताएका छन् ।
तालिवानी विद्रोहीले सत्ता कब्जा गर्न लाग्दा अफगानिस्तानका राष्ट्रपति देश छोडेर भागेको घटना देख्दा राजा ज्ञानेन्द्र प्रति मेरो सम्मान अझै बढेको छ।२०६३ पछि देश भित्रै रहेर देश र जनताको सेवामा समर्पित हुने राजा ज्ञानेन्द्रको निर्णय दूरदर्शी छ।
राजा र राष्ट्रपति बिचको फरक पनि यही हो pic.twitter.com/Ed3vw10s0H— Kamal Thapa (@KTnepal) August 16, 2021
सामाजिक सञ्जाल ट्विटरमार्फत थापाले लेखेका छन्–‘तालिवानी विद्रोहीले सत्ता कब्जा गर्न लाग्दा अफगानिस्तानका राष्ट्रपति देश छोडेर भागेको घटना देख्दा राजा ज्ञानेन्द्र प्रति मेरो सम्मान अझै बढेको छ।२०६३ पछि देश भित्रै रहेर देश र जनताको सेवामा समर्पित हुने राजा ज्ञानेन्द्रको निर्णय दूरदर्शी छ। राजा र राष्ट्रपति बिचको फरक पनि यही हो ।’