एजेन्सी, ३२ साउन । तालिवान समूह आफगानिस्तानको राजधानी काबुलमा कब्जा जमाएपछि त्यहाँबाट पलायन भएका आफगानी राष्ट्रपति अस्रफ घानी र फर्स्ट लेडी उज्बेकिस्तानको राजधानी तासकेन्टमा देखिएका छन् । उक्त विषयको जानकारी राष्ट्रपति घानीका पर्सनल बडीगार्डले अन्रतर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिरालाई बताएको रुसी सञ्चारमाध्यम तासले लेखेको हो ।
घानीको बडीगार्डको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘घानी आफ्नो पत्नी र नेश्नल सेक्युरिटी प्रमुखसहित आफगानिस्तान छाडेर उज्बेकिस्तानको राजधानी तास्केन्ट पुगेका छन् ।’ काबुल तालिवानको नियन्त्रणमा आएपछि घानीले शहरलाई रक्तपातबाट रोक्न आफूले देश छाडेको बताएका थिए । तर, त्यसबेला उनी कता जाने भन्ने विषय पुष्टि गरेका थिएनन् । तालिवानले राष्ट्रपति कार्यलय छिरेर बल प्रयोग गर्ने प्रयास र रक्तपातको आव्हान गरेपछि उनले देश छाड्ने निर्णय गरेका थिए ।
देश छाडेपछि पहिलो टिप्पणी गर्दै भने,‘अफगानिस्तनको जिम्मा अब तालिवानको हातमा छ । देशवासीको सुरक्षा, सम्पत्ती र आत्म संरक्षणको दायित्व तालिवानको हातमा छ।’ आइतबार शान्तिपूर्ण रुपमा तालिवानले अफगानिस्तानको राजधानी कब्जा गरेसंगै राष्ट्रपति कार्यलयमा आफ्नो समूहकमो झण्डा फहराएका थिए ।-Photo: Agency