Logo

सिंहदरबारमा माधव नेपाल पक्षधर नेताहरुसँग सुवास नेम्वाङको छलफल



काठमाडौं, ३२ साउन । नेकपा (एमाले) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पार्टी एकताको लागि सक्रियता बढाएका छन् । पछिल्लो समय एमाले एकताको लागि नेम्वाङले आफ्नो तहबाट सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाललाई मिलाउनको लागि नेम्वाङले एकताको पहेली केलाउने कामपनि गरिरहेका छन् ।

तर, कार्यदले तयार पारेको १० बुँदे प्रतिवेदनलाई नेता नेपालले अस्विकार गरिदिएपछि भने नेम्वाङ निराश थिए । अध्यक्ष ओलीले नेता नेपाललाई दोस्रो अध्यक्ष बनाउन सहमति जनाएको र पछि उक्त सहमति नमान्ने भनेकोमा पनि नेम्वाङ ओलीसँग रुष्ट बनेका थिए । आज प्रतिनिधिसभाको अधिवेशन अन्त्य गरिएको छ । सरकारले एमाले विभाजन गर्नेगरि दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको चर्चा छ ।

संसद् बैठकमा समेत यो विषयले आज चर्चा पाएको थियो । एमाले सांसद महेश बस्नेतले एमाले विभाजन गर्नेगरि अध्यादेश ल्याउन लागिएको आशंका व्यक्त गरेका थिए । संसद्को अधिवेशन अन्त्य गरिएको र प्रधानमन्त्री शेरबहादुर देउवाले माधव नेपाललाई सजिलो पार्नेगरि दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको चर्चा चलेसँगै एमाले नेताहरुको सक्रियता ह्वात्तै बढेको छ ।

संसद् बैठकमा उपस्थित् नेपाल पक्षधर सांसदहरु संसद् भवनबाट बाहिरिएर छुट्टै छलफलमा बसेका छन् । उता, संसदीय दलका उपनेता नेम्वाङ भने सिंहदरबारस्थित् एमाले संसदीय दलको आफ्नो कार्यालयमा नेपाल पक्षधर सांसदहरुसँग छलफलमा छन् । उक्त छलफलमा नेपाल पक्षधर चार÷पाँच जना सांसद रहेको बुझिएको छ । नेता नेपालले दल विभाजन गरेपनि धेरै नेता एमालेमै रहने उनीहरुको विश्वास छ । file photo



प्रतिक्रिया दिनुहोस्