Logo

महन्थ ठाकुरलाई धक्का, अन्तरिम आदेशको माग सर्वोच्चद्वारा अस्वीकार



काठमाडौं, ३२ साउन । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका पूर्वअध्यक्ष महन्थ ठाकुरको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । निर्वाचन आयोगले जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्णय गरेकोमा त्यसविरुद्ध रिट दायर गरी अन्तरिम आदेश माग गरेकामा अस्वीकार गरेको हो ।

त्यायाधीश दिपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले आज सुनुवाई गर्दै सो रिटबारे अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । आयोगको निर्णयसँगै ठाकुर पक्षलाई धक्का लागेको छ ।

बहुमत केन्द्रीय कार्यकारिणी सदस्य उपेन्द्र यादव पक्षमा रहेपछि निर्वाचन आयोगले उनलाई नै आधिकारिकता दिएको थियो । ठाकुरसहित उनी पक्षधर राजेन्द्र महतोसहित नेताहरुलाई अध्यक्ष उपेन्द्र यादवले साधारण सदस्य मात्र रहने गरी जिम्मेवारीबाट हटाइसकेका छन् ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्