Logo

बामदेव फेरि एमाले पार्टी फुटाउन सक्रिय



काठमाडौं, १ भदौ । नेकपा एकता अभियानमा सक्रिय बामदेव गौतम यसपटक पार्टी फुटाउन सक्रिय भएका छन् । उनी नेकपा एमाले फुटाउन सक्रिय भएका हुन् ।

बामदेवको साथ पाएर एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पनि उत्साही भएका छन् । गौतमकै पहलमा केही केन्द्रीय सदस्यको संख्या बढेको छ । विगतमा शेरबहादुर देउवालाई विश्वासको मत दिंदा २२ सांसदमध्ये झण्डै ३० प्रतिशत गौतमकै पहलमा आएका थिए । गौतमले सार्वजनिक रुपमै देउवाको पक्षमा मतदान गर्न आग्रह गरेका थिए ।

पछिल्लो समय गौतमले नै अब बन्ने नयाँ दलको खाका तयार गर्न भूमिका खेलेका थिए । उनले गत महिना भएको स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीलाई कडा चुनौती दिएका थिए ।

गौतमले विगतमा पनि नेकपा एमाले विभाजन गरेका थिए । महाकाली सन्धीको विषयमा २०५५ सालमा विभाजित भएको थियो । त्यतिबेला गौतम महासचिव बनेको नेकपा माले गठन भएको थियो ।

विभाजनको पीडा भोगेका गौतमले नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरणमा मुख्य भूमिका खेलेका थिए । तर, नेकपा विभाजनपछि उनी फरक ढंगले लागेका छन् । उनी ओलीसँग सहकार्य गर्न नसकिने निष्कर्षका साथ एमाले विभाजनमा लागेका छन् ।



प्रतिक्रिया दिनुहोस्