Logo

ङादी ग्रुपले बोलायो आठौं साधारण सभा



काठमाडौं, १ भदौ । ङादी ग्रुप पावर लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीको साउन ३२ गते बसेको सञ्चालक समितिको बैठकले आठौं वार्षिक साधारण सभा असोज ३ गते क्वीन्स क्याफे, अनामनगर, काठमाडौंमा बिहान ९ बजे सभा गर्ने निर्णय गरेको हो ।

कम्पनीको सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्तापूँजीको २० प्रतिशत बोनस शेयर वितरण कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने जनाइएको छ ।

साथै, बोनस शेयर वितरणपश्चात कायम चुक्तापुँजीको २०० प्रतिशत अर्थात् १ बराबर २ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ १८ गते बुक क्लोज गर्ने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्