Logo

देशभर ३९ हजार कोरोना संक्रमितको उपचार हुँदै, १.४१ प्रतिशत मृत्युदर



काठमाडौं, १ भदौ । नेपालमा हालसम्म ७ लाख ३४ हजार ८ सय ३८ जना कोरोना संक्रमित रहेका छन् । पछिल्लो २४ घन्टामा ३४ सय ५१ नयाँ संक्रमित थपिएका हुन् ।

सोमबार मात्र नेपालमा ३५ जनाको संक्रमणबाट निधन भएसँगै कुल मृतकको संख्या १० हजार ३ सय २७ पुगेको छ । यो १ दशमलव ४१ प्रतिशत हो । हिजो २४ सय ५८ जना संक्रमण मुक्त भएसँगै हालसम्म ६ लाख ८५ हजार १४० जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो ९३ दशमलव २४ प्रतिशत हो । यसैगरी, देशभर ३९ हजार ३ सय ७१ जना संक्रमितको उपचार भैरहेको छ । यो संक्रिय संक्रमितको संख्या ५ दशमलव ३६ प्रतिशत हो ।

नेपालमा कोरोना संक्रमित मध्ये ७ सय ९५ जनाको सघन उपचार कक्ष (आइसीयु) मा उपचार भैरहेको छ । त्यस्तै, भेन्टिलेटरमा १ सय ९७ जनाको संक्रमितको उपचार भैरहको छ भने ३६ हजार ३६ जना होम आइसोलेशनमा रहेका छन् । ३३ सय ३५ जना संस्थागत आइसोलेशनमा रहेका छन् । यसैगरी, ४ सय २ जना देशभर क्वारेन्टाइनमा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्