Logo

माधव नेपाललाई एमाले फुटाउन सजिलो हुने गरी अध्यादेश मन्त्रिपरिषदबाट आउँदै



काठमाडौं, १ भदौ । मन्त्रिपरिषद्को बैठकले नेकपा एमाले फुटाउन सजिलो हुने गरी अध्यादेश ल्याउने भएको छ । बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर एमाले फुटाउन सजिलो हुने गरी व्यवस्था गरिदिन लागेको हो ।

विश्वस्त स्रोतका अनुसार राजनीतिक दलसम्बन्धी ऐनमा विद्यमान दल विभाजनका लागि केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत संख्या पुग्नुपर्ने उल्लेख भएकोमा वा थपी २० प्रतिशत भए पुग्ने व्यवस्था हुनेगरी अध्यादेश ल्याउन लागिएको हो ।

अध्यादेश मन्त्रिपरिषद्बाट पारित गरी आजै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गर्न लागिएको छ । उनले सदर गरेलगत्तै अध्यादेश सक्रिय हुनेछ ।

माधवकुमार नेपाल पक्षले एमाले फुटाउनका लागि केन्द्रीय सदस्यहरुको हस्ताक्षर तयार गरिरहँदा अध्यादेश आउन लागेको हो । अध्यादेश आउन लाग्दा नयाँ विकास हुने घटनाक्रमप्रति चासो बढेको छ ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्