
काठमाडौं, १ भदौ । अवैध लागूऔषध सहित ४ जना पक्राउ परेका छन् । काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका ५ थलि मिलन चोक डेरा गरी बस्ने सर्लाही हरिवन नगरपालिका ९ घर भएका ४२ वर्षीय संजिव राईलाई १८ केजी अवैध लागूऔषध गाँजा र नगद १३ हजार रुपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
राईले लागूऔषध बिक्री गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।