Logo

माधव पक्षमा ३० भन्दा बढी सांसद, क-कस्ले गरे गुट परिवर्तन



काठमाडौं, १ भदौ । नेकपा एमाले विभाजन हुनलाग्दा केही सांसदले गुट परिवर्तन गरेका छन् । अध्यक्ष केपी शर्मा ओली पक्षमा रहेकामध्ये ५ जनाले आजै गुट परिवर्तन गरेका छन् । योसहित माधव नेपाल पक्षमा ३० सांसद कटिसकेको बुझिएको छ ।

माधव नेपाल पक्षका एक नेताका अनुसार अन्तिम समयमा केही सांसद आउने भएका छन् । अहिलेसम्म माधव नेपाल पक्षमा २८ सांसद खुलिसकेका छन् ।

आज सासदहरु तुलसा थापा, माया ज्ञवाली, कृष्ण प्रसाद दाहाल, सुर्य पाठक र गणेश पहाडी माधव नेपाल पक्षको बैठकमा पुगेका छन् । उनीहरुले गुट परिवर्तन गरेको बुझिएको छ । थापा र ज्ञवाली उपाध्यक्ष बामदेव गौतम निकट हुन् ।

दाहाल, पाठक र पहाडीले पनि गुट परिवर्तन गरेको बुझिएको छ । यसबारे उनीहरुले केही खुलाएका छैनन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot