Logo

अरुण कावेलीसहित आज १३ कम्पनीको शेयरमुल्यमा सर्किट



काठमाडौं, १ भदौ । आज नेप्से परिसुचकमा गिरावट आएपनि कारोबार रकम भने उच्च रहेको छ । आज २२१ कम्पनीको १ लाख ६१ हजार ७ सय २१ पटक कारोबार भएर १८ अर्ब २० करोड ४९ लाख ३९ हजार २३७ रुपैयाँ बराबरको ३ करोड ६१ लाख ३ हजार ४ सय ३९ प्रतिकित्ता शेयर खरिद बिक्रि भएको हो ।

सबैभन्दा धेरै गोर्खाज फाइनान्स, फर्स्ट माइक्रोफाइनान्स, दिव्यश्वरी हाइड्रोपावर कम्पनी, अरुण कावेली पावर कम्पनी, आँखुखोला हाइड्रोपावर कम्पनी, जोशी हाइड्रोपावर कम्पनी, माउन्टेन इनर्जी, सिइडीबि हाइड्रोपावर कम्पनी, जीवन बिकास लघुवित्त, पञ्चकन्या माइ हाइड्रोपावर कम्पनी, हिमाल दोलखा हाइड्रोपावर, लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्