Logo

महन्थ ठाकुरले नयाँ पार्टी दर्ता गर्दै , पार्टीको नाम ‘जसपा लोकतान्त्रिक’



काठमाडौं, १ भदौ । जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर पक्षले नयाँ पार्टी दर्ता गर्ने तयारी थालेको छ । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि ठाकुर समूह नयाँ पार्टी दर्ता गर्ने गृहकार्य जुटेको थियो । यो समूहले जिल्लास्तरीय कार्यकर्ता भेलासमेत गरेर आम कार्यकर्ताको मनोभावना बुझिसकेको छ।

अध्यादेशको स्वागत गर्दै कर्णले भने–‘नयाँ पार्टी दर्ता गर्ने गृहकार्यमा छौं, उपेन्द्र यादवसँग सँगै रहने अवस्था छैन्’

अधिकांश जिल्लाबाट नयाँ दल दर्ता गरेर अघि बढ्न सुझाव आएपछि यो समूहले निर्वाचन आयोगमा नयाँ दल दर्ताको प्रक्रिया थाल्ने भएको हो । नेता तथा सांसद लक्ष्मणलाल कर्णले ‘जसपा लोकतान्त्रिक’ नामको नयाँ पार्टी दर्ता गर्ने तयारी भएको पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

आजमात्रै सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ। अध्यादेशअनुसार अब दल विभाजनको लागि केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा २० प्रतिशत भए पुग्नेछ । जसपामा ठाकुर पक्षसँग दश भन्दा बढि सांसद छन् । File Photo

 



प्रतिक्रिया दिनुहोस्