Logo

सांसद पद जोगाउने गरी अध्यादेश ल्याउनु लोकतन्त्रकै हत्या हो : डा. भट्टराई



काठमाडौं, १ भदौ । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको भन्दै त्यसको विरोध गरेका छन् । उनले केपी ओली गएपनि ओली प्रवृत्ति कायम रहनु लोकतन्त्रको निम्ति चिन्ताको विषय भएको पनि टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्-“ओली गएपनि ओलीप्रवृत्ति कायमरहनु लोकतन्त्रकोनिम्ति चिन्ताको विषय हो।जसले गरेपनि संसदअधिवेशन अन्त्यगरे लगत्तै अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास हो।अनि सांसद पद जोगाउने गरी दलविभाजन गर्ने अध्यादेश ल्याउनु प्रतिनिधिमूलक लोकतन्त्रकै हत्या हो।गलतलाई गलत भन्दा गठबन्धनको विरोध नठानियोस!”



प्रतिक्रिया दिनुहोस्