Logo

माधव नेपालले ६० केन्द्रीय सदस्य कटाए



काठमाडौं, २ भदौ । नेकपा एमाले फुटाउन पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केन्द्रीय सदस्यको संख्या ६० कटाएका छन् । अहिलेसम्म ६३ जना केन्द्रीय सदस्यको हस्ताक्षर संकलन भइसकेको बुझिएको छ ।

नेपाल पक्षका एक नेताका अनुसार केन्द्रीय सदस्यको संख्या अझै थपिदैछ । केही केन्द्रीय सदस्यको हस्ताक्षर हुने भएकाले माधव नेपाल पक्ष पर्खिएर बसेको छ ।

नयाँ बानेश्वरस्थित अर्याल होटलमा जारी भेलामा माधव नेपाल पनि छन् । उनी केन्द्रीय सदस्यहरुको अन्तिम सूची लिएर निर्वाचन आयोग जाँदैछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद संख्या पुर्याएमा दल विभाजन हुनसक्ने अध्यादेश जारी गरेलगत्तै नेकपा एमालेको माधवकुमार नेपाल पक्ष पार्टी विभाजनका लागि बढेको हो ।

एमालेको नवौं महाधिवेशनबाट बनेको केन्द्रीय समितिमध्ये हाल २०३ जना छन् । त्यसमध्ये ६० कटेमा ३० प्रतिशत हुन आउँछ । अध्यादेश अनुसार माधव नेपालसँग ६० केन्द्रीय सदस्य दल विभाजनका लागि पर्याप्त संख्या हो ।



प्रतिक्रिया दिनुहोस्