काठमाडौं, २ भदौ । नेकपा (एमाले) को बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन भएकी छन्। आज बसेको संसदीय दलको बैठकले शाक्यलाई दलको नेतामा चयन गरेको हो । यसअघि दलको नेतामा डोरमणि पौडेल थिए । उनी बाग्मती प्रदेशका मुख्यमन्त्री पनि हुन् । अब बाग्तमी प्रदेशको मुख्यमन्त्री शाक्य बन्ने निश्चित् भएको छ ।
पछिल्लो समय शाक्य वरिष्ठ नेता माधव कुमार नेपालको पक्षमा उभिएकी थिईन् । तर, नेता नेपालले पार्टी विभाजनको लागि तयारी थालेपछि शाक्य विभाजनको विपक्षमा उभिएकी छिन् । File Photo/ReportersNepal