Logo

माधव नेपाललाई झलनाथ र बामदेवको साथ



काठमाडौं, २ भदौ । नेकपा एमाले विभाजन गरी नेकपा एमाले (समाजवादी) बनाउन माधवकुमार नेपाललाई पदाधिकारीमध्ये झलनाथ खनाल र बामदेव गौतमले मात्र साथ दिएका छन् । आज निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिन नेपालसँर्ग बामदेव गौतम मात्र पुगेका छन् । नयाँ दिल्लीमा उपचाररत एमाले वरिष्ठ नेता झलनाथ खनालको भने हस्ताक्षर आइपुगेको छ ।

माधव नेपाललाई नयाँ दल दर्ता गर्न विगतमा उनकै पक्षबाट नवौं महाधिवेशनबाट चुनाव जितेका पदाधिकारीहरु कसैले पनि साथ दिएनन् । उपाध्यक्षहरु भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली पनि साथ दिएन् ।

सचिवहरु गोकर्ण बिष्ट, योगेश भट्टराई र भीम आचार्यले पनि साथ दिएनन् । उनीहरुले पार्टी विभाजनमा साथ दिन नसकिने जवाफ दिएका थिए । हस्तीहरुले साथ नदिएपनि माधव नेपाल एमाले विभाजन गर्ने कठोर निर्णयका लागि अगाडि बढे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot