Logo

एमालेका ५८ केन्द्रीय सदस्य माधव नेपालको नयाँ दलमा



काठमाडौं, २ भदौ । नेकपा एमालेका ५८ जना केन्द्रीय सदस्य माधव नेपालको संयोजकत्वमा बनेको नयाँ दलमा रहने भएका छन् । आज नेकपा एमाले (समाजवादी) दर्ताका लागि गरिएको निवेदनमा नेकपा एमालेका ५८ केन्द्रीय सदस्यको हस्ताक्षर छ ।

माधव कुमार नेपाल संयोजक बनी ९५ केन्द्रीय समिति सदस्यसहितको दल दर्ताको निवेदन दर्ता भएको जानकारी दिइएको छ ।

यसअघि माधव नेपाल पक्षमा रहेका एमालेका कुनैपनि पदाधिकारीले उनलाई साथ दिएनन् । उनीहरुले पार्टी फुटाउने पक्षमा साथ दिन नसकिने जवाफ दिए । तैपनि, माधव नेपाल विभाजनका लागि अगाडि बढे ।



प्रतिक्रिया दिनुहोस्