काठमाडौं, २ भदौ । निर्वाचन आयोगमा नेकपा एमाले फुटाएर नयाँ दल दर्ता गर्न पुगेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई साथ दिन यी महिला अगाडि सरिन् । उनले नेता नेपालको हात नै समाएर निर्वाचन आयोगभित्र लगिन् ।
यी महिला हुन् रामकुमारी झाँक्री । उनी माधव नेपालको पक्षमा चट्टाने अडान लिएर उभिइन् । धेरै हस्तीहरुले माधव नेपालको साथ छाड्दा उनले छाडिनन् ।
नीलो पोशाकमा निर्वाचन आयोग पुगेकी रामकुमारी झाँक्रीले माधव नेपालको हात समाएर तान्दा धेरैको ध्यान आकर्षित भएको थियो । झाँक्रीको साथ पाएर नेता नेपाल उत्साही भएका थिए ।