Logo

बाग्मती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री शाक्यले लिईन् सपथ, दुई मन्त्री नियुक्त



काठमाडौं, २ भदौ । बाग्मती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सपथग्रहण गरेकी छिन् । सपथ ग्रहण लगत्तै मुख्यमन्त्री शाक्यले दुई मन्त्री नियुक्त गरेकी छन् । उनले केशव पाण्डेलाई आन्तरिक मामला तथा भौतिक पूर्वाधार मन्त्री तथा कृष्ण खनाललाई सामाजिक विकास मन्त्री नियुक्त गरेकी हुन् ।

नेकपा (एमाले) विभाजन भएको र माधव नेपालले नेकपा एमाले (समाजवादी) नामको नयाँ दल दर्ता गरेका छन् । लामो समयदेखि नेता नेपालको पक्षमा उभिँदै आएकी शाक्यले पछिल्लो समय नेपालको साथ छोडेकी हुन् । उनी आफू एकताको पक्षधर भन्दै अध्यक्ष केपी शर्मा ओलीको कित्तामा उभिएकी थिईन् । file photo/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्