काठमाडौं, भदौ ३ । औपचारिक रुपमा नेकपा एमाले फुटेपछि केपी शर्माओली र माधव नेपालले आज आज पार्टी अध्यक्षको हैसियतमा सम्बोधन गर्ने भएका छन् ।
ओलीले नेकपा (एमाले) अध्यक्षको हैसियतमा भक्तपुरको चुनदेवीमा आफ्ना कार्यकर्तालाई सम्बोधन गर्ने तयारी गरेका छन भने माधव नेपालले एमाले (समाजवादी)को अध्यक्षका हैसियतमा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजनामा हुने कार्यक्रमलाई सम्बोधन गर्दैछन्।
नेपालले सम्बोधन गर्ने प्रज्ञा प्रतिष्ठानको कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री तथा जसपाका नेता डा बाबुराम भट्टराईलेसमेत सम्बोधन गर्दैछन्।