काठमाडौं, ३ भदौ । पर्याप्त रकम नभएको थाहा हुँदाहुँदै पनि चेक काटेर दिने बैंकिङ्ग कसुर मुद्दामा परेका फरार दुई प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पैसा नभएको चेक काटेर दिएका बैंकिङ्ग कसुर मुद्दामा फरार रहेका दक्षिणकालीका ४० वर्षिय समुन्द्र केशर केसी र डल्लु ४८ वर्षिय श्याम प्रसाद धिनाजु श्रेष्ठ पक्राउ परेका हुन् ।
केसीलाई ३० लाख जरिवाना र १५ दिनको जेल सजाय सुनाइएको छ भने श्रेष्ठलाई १० लाख जरिवाना र ६ दिनको जेल सजाय सुनाइएको छ ।
केसीले सनराइज बैंकको चेक र श्रेष्ठले मेगा बैंकको पैसा नभएको चेक काटेर पिडितलाई झुक्याएका थिए ।