Logo

प्रदीप गिरीको भारतको मुम्बईमा उपचार हुँदै



काठमाडौं, ३ भदौ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका बौद्धिक नेता तथा सांसद प्रदीप गिरी अस्वस्थ भएका छन् । उनको अहिले भारतस्थित् मुम्बईको एक अस्पतालमा उपचार भैरहेको छ । गिरीको स्वास्थ्यमा जटिलता भएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जनाएका छन् ।

पौडेलले सामाजिक सञ्जालमार्फत गिरीको शिघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् । उनले गिरी छिट्टै निको भएर पार्टी काममा सक्रिय हुनेपनि विश्वास दिलाएका छन् । गिरीको घाँटीमा समस्या देखिएको जनाईएको छ ।

नेता पौडेलले सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्”स्वास्थमा जटिलताको कारण भारतको मुम्बईमा उपचाररत कांग्रेस नेता प्रदीप गिरीजिको शिघ्र स्वास्थ लाभको कामना गर्दछु । छिट्टै निको भएर सक्रिय हुनुहुनेछ । शुभकामना ।” file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot