Logo

बन्दुक र शिशाको गोली सहित १ जना पक्राउ



नवलपरासी(पूर्व), ३ भदौ । एकनाले भरुवा बन्दुक र शिशाको गोली सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । मध्यबिन्दु नगरपालिका १० अधेरी खोलास्थित सडकबाट १ थान एकनाले भरुवा बन्दुक, १८ थान शिशाको गोली, ५४ ग्राम बारुद र १६ थान पटका सहित सोही नगरपालिका पोखरीताल बस्ने ४२ वर्षीय दल बहादुर थापा बुधबार दिउँसो पक्राउ परेका हुन्।

लु.२८ प ५४४५ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी अरुणखोलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक थापालाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot