काठमाडौं, ३ भदौ । नेकपा (एमाले) का युवा नेता विष्णु रिजालले माधव नेपालले नयाँ दल दर्ता गराएकोमा आक्रोश पोखेका छन् । उनले नेता नेपाल शतप्रतिशतको नेता बन्न छोडेर २० प्रतिशतको नेता बन्ने छनोट गरेको भन्दै यसमा आफ्नो भन्नु केही पनि नभएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत नेता रिजालले लेखेका छन्–”शतप्रतिशतको नेता बन्न छाडेर २० प्रतिशतको नेता बन्ने छनोटप्रति धेरै भन्नु केही छैन । तर, यति चाहिं भन्नैपर्छ- हिङ नै भएको ठाउँमा हिङ बॉधेको टालोको कुनै प्रयोजन हुँदैन । व्यक्तिविशेषको अहम्को र अतृप्त आकांक्षाको आगोमा निर्दोष र लामो भविष्य भएका कार्यकर्ताको होम नगरियोस् ।”
शतप्रतिशतको नेता बन्न छाडेर २० प्रतिशतको नेता बन्ने छनोटप्रति धेरै भन्नु केही छैन । तर, यति चाहिं भन्नैपर्छ- हिङ नै भएको ठाउँमा हिङ बॉधेको टालोको कुनै प्रयोजन हुँदैन । व्यक्तिविशेषको अहम्को र अतृप्त आकांक्षाको आगोमा निर्दोष र लामो भविष्य भएका कार्यकर्ताको होम नगरियोस् ।
— Bishnu Rijal (@bishnurijal1) August 19, 2021