Logo

टोटेनहम पाकोससँग पराजित



काठममाडौं, ४ भदौ । हट्सपर युईएफए युरोपा कन्फरेन्स लिग अन्तर्गत प्ले अफको पहिलो लिगमा इंग्लिस क्लब टोटेनहम पराजित भएको छ ।

बिहीबार राति भएको खेलमा टोटेनहम पोर्चुगलको पोकोस फेरेरासँग १–० गोल अन्तरले पराजित भएको हो । पाकोसलाई जित दिलाउन लुकास सिल्भाले निर्णयक गोल गरेका थिए । उनले ४५ औं मिनेटमा गोल गरेका थिए ।

अब टोटेनहमले दोस्रो लिग घरेलु मैदानमा खेल्नेछ । दुई लिगको प्ले अफमा जित निकाल्ने टोलीले युरोपा कन्फरेन्स लिगको समूह चरणमा स्थान बनाउने छन् ।

मिडफिल्डबाट खेलाएको थ्रु पासमा सिल्भाले अफसाइड ट्रयाप बिट गर्दै वन भर्सेस वनको अवस्थामा सुन्दर फिनिस गरेका थिए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot